कारोबारको पहिलो घण्टा : ५३.९० अंक घट्यो नेप्से परिसूचक, अपर तामाकोशीको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं - आज कारोबारको दोस्रोदिन सोमवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५३.९० अंकले घटेर २ हजार ५१८.२९ विन्दुमा पुगेको छ ।   

२ हजार ५७१.५० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.१० प्रतिशतले घटेको हो ।  

पहिलो घण्टाको अवधिमा १९७ ओटा कम्पनीको १२ हजार ३७८ पटकको कारोबारमा १३ लाख ५० हजार ४०१ कित्ता शेयरको रू. ८० करोड ९८ लाख ४५ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा विशाल बजार कम्पनी र महिला लघुवित्त  को शेयरमूल्य सर्वाधिक ९.९९ र ९.९७ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७ करोड ५१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ७८८ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया