आइपिएल : सुपर ओभरमा दिल्लीको जित, पंजाब किंग्स र कोलकाता नाइट राइडर्स भिड्दै

४ बर्ष अगाडि

एजेन्सी - इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दोस्रो खेलमा दिल्ली क्यापिटल्सले सन्राईजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको हो ।

यस संस्करणको पहिलो सुपर ओभरमा हैदराबादले ६ बलमा ७ रन मात्र बनाउन सक्यो । भर्खरै कोरोना जितेर आएका अक्सर पटेलले दिल्लीको लागि उत्कृष्ट सुपर ओभर बलिङ गरे । जवाफमा राशिद खानको सुपर ओभरको अन्तिम बलमा १ रन निकाल्दै दिल्लीले खेल आफ्नो पोल्टामा पारेको हो ।

यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका लागि ओपनर पृथ्वी शले सर्वाधिक ५३ रन बनाएका थिए । 

जवाफी ब्याटिङमा हैदरावादको टोलीले निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १५९ रन नै बनाउन पुग्यो । हैदराबादको लागि केन विलियम्सनले अविजित ६६ रन बनाएका थिए । निर्धारित २० ओभरमा खेल बराबरीमा टुङ्गिदा सुपर ओभरले छिनोफानो लगाइएको हो ।

यो जीत सहित दिल्ली ५ खेलमा ४ जीत निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । आजको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पंजाब किंग्स र कोलकाता नाइट राइडर्स बिच नेपाली समय ७ स् ४५ मा हुँदैछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया