नेप्सेमा पहिरो, ७ अर्ब २८ करोड बराबरकोको कारोबार

५ बर्ष अगाडि

साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सेन्ज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ७५.७९ अंकले घटेर २५७२.२२ को बिन्दुमा पुगेको छ । 

आज कारोबारमा आएका २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रूपैयाँ बराबरको  कारोबार भएको छ ।  

आज कुमारी बैंकको संस्थापक सेयर १४ प्रतिशतले बढेको छ भने महिला लघुवित्त, विशाल बजार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज कारोबारमा आएका मध्य ८  वटा कम्पनीको सेयर मूल्य बढेको छ भने अन्य सबैको मूल्यमा गिरावट आएको छ ।  आज सबैको समुहगत सुचक घटेर राताम्य भएको छ । 

आज निफ्राको सर्वाधिक बढि ३९ करोड ५२ लाख,ज्योति लाइफ इन्सुरेन्सको ३३ करोड ८५ लाख, अप्पर तामाकोशीको  २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै ८।४३ प्रतिशत र नारायणी विकास बैंकको ८।१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया