कारोबारको तेस्रो घण्टा : लोरालो लागेको नेप्सेमा ५ अर्ब १६ करोड बढिको कारोबार

५ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ६२.२९ अंकले घटेर २५८५.७१ विन्दुमा पुगेको छ । 

२.३५ प्रतिशतले घटेको बजारमा २१५ ओटा कम्पनीको रू. ५ अर्ब १६ करोड ४२ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर मूल्य सर्वाधिक ९.९९ र ९.९७ प्रतिशतले बढेको छ । 

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ४.६५ प्रतिशतले घटेको हो ।

यस अवधिसम्म नेपाल इन्फ्रास्टक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.३१ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५४४ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया