काठमाडौं - कारोबारको पहिलो हप्ता आज आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ४५.८१ अंकले घटेर २ हजार ६०२.२० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १.७३ प्रतिशतले घटेको हो ।
दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. २ अर्ब ८२ करोड ८७ लाख ५५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर मूल्य सर्वाधिक ९.९९ र ९.९७ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८७९ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया