आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ओरालो लागेको छ । १२ बजे सम्म आइपुग्दा नेप्से २६ दशमलव ४३ अंकले घटेर २ हजार ६२१ दशमलव ५८ विन्दुमा पुगेको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशतले बढेको छ भने समूहको परिसूचक घटेको छ ।
पहिलो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको २८ हजार ७६० पटकको कारोबारमा २७ लाख ५१ हजार ५५ कित्ता शेयरको रू। १ अर्ब ४४ करोड ७० लाख १० हजार बराबरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ र ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
यस अवधिसम्म ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक २३ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ८९६ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया