काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएपछि बालुवाटारमा एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ ।
सोही बैठकले माधव नेपाल पक्षका केही सांसदलाई निष्कासनको तयारी समेत गरेको छ । माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य नेतामाथि समेत थप कारवाही हुन लागेको एमाले स्रोतले जनाएको छ ।
माधव नेपाल र झलनाथ खनालले फ्लोर क्रस गरेर अविश्वास प्रस्ताव पारित गर्ने प्रतिबद्धता जनाएसँगै आकस्मिक बैठक बोलाइएको हो ।
बैठकले स्पष्टीकरण सोधिएका सांसदहरूमाथि कारवाही प्रक्रिया अघि बढाउन लागेको स्रोतले जनाएको छ । कारवाहीको प्रकृतिबारे प्रष्ट पारिएको छैन ।
एमालेको विधानले दललाई तत्कालै कुनै ठूलो हानी हुने अवस्था आएमा सांसदलाई ६ महिनासम्म निलम्बन गर्न सक्ने अधिकार दिएको छ ।
प्रतिक्रिया