काठमाडौं - आज आइतबार साताको पहिलो कारोबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १६.६९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६६४.६९ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५९ कम्पनीका २४ हजार ३५ कित्ता शेयर १ करोड ७९ लाख ८८ हजार ५९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
प्रतिक्रिया