त्रिदेशीय टि–२० :अन्तर्राष्ट्रिय खेलमा नेपालको सबैभन्दा ठूलो योगफल, भुर्तेलको अर्धशतक

४ बर्ष अगाडि

 त्रिदेशीय टि–२०को जारी फाइनल खेलमा  नेपालले नेदरल्याण्डलाई  २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनायो ।

 टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो । 

कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । 

कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतले अर्धशतक पुरा गरे भने दीपेन्द्रसिंह ऐरीले मात्र १८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४८ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

४ बर्ष अगाडि

प्रतिक्रिया