काठमाडौं - काठमाडौंमा जारी त्रिदेशीय टि–२० क्रिकेटको फाइनल खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले चौथो अर्धशतक प्रहार गरेका छन् । अहिले भइरहेको नेदरल्याण्ड्सविरुद्धको फाइनलमा भुर्तेलले अर्धशतक बनाएपछि उनको अर्धशतक संख्या चार पुगेको हो ।
१३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरे । नेपालका लागि उनी सर्वाधिक अर्धशतक प्रहार पारस खड्कासँगै शीर्ष स्थानमा छन् । पारसले १ शतक र ४ अर्धशतक प्रहार गरेका छन् ।
यही सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले एउटै सिरिजमा चार अर्धशतक प्रहार गरेका हुन् ।
यसअघि उद्घाटन खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन प्रहार गरेका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन बनाएका थिए । त्यसपछि नेदरल्याण्ड्सविरुद्धको खेलमा उनले ६२ रन नै बनाए भने लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध १६ रन बनाएर आउट भएका थिए ।
प्रतिक्रिया