काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पाँच सांसदले दिएका छैनन् ।
महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले स्पष्टीकरण दिएका छैनन् ।
धेरैजनाले एकैठाउँमा बसेर स्पष्टीकरण लेखेको देखिएको पनि ओलीले बैठकमा जानकारी गराएका थिए ।
प्रतिक्रिया