काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ८ कम्पनीको बोनस तथा हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार ५ कम्पनीको बोनस ३ कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो ।
स्टकका अनुसार साना किसान विकास लघुवित्त संस्थाको २५ लाख ५७३ कित्ता बोनस तथा १२ हजार ४४२ कित्ता हकप्रद शेयर थपिएको छ ।
यस्तै गरिमा विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, छ्याङ्दी हाइड्रोपावरको बोनश थपिएको छ । गरिमाको ४३ लाख ७२ हजार २३० कित्ता, इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, १ लाख ४१ हजार ७५० कित्ता बोनस सूचीकृत भएको हो ।
यसैगरी नागरिक लगानी कोष, छ्याङ्दी हाइड्रोपावरको हकप्रद सूचीकृत भएको छ । नेप्सेका अनुसार नागरिक लगाानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र छ्याङ्दी हाइड्रोको १ लाख ४१ हजार ७५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।
प्रतिक्रिया