रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन

५ बर्ष अगाडि

काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  समायोजन भएको छ । नेप्सेले फाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ ।

समायोजनपश्चात फाइनान्सको शेयरमूल्य २६२ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो । बैशाख ९ गते, बिहीबार बैंकको शेयर प्रतिकित्ता २८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया