आज १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको अन्तिम दिन आज सेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १५.८० अंकले बढेर २६४८ विन्दुमा पुग्दा सेयरबजार हरियाली बनेको हो ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रहेको छ । आज बैंकको ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । 

त्यसपश्चात् सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । २५ करोड ८७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको २१ करोड ३५ लाख ७९ हजार, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको १९ करोड ५३ लाख ६४ हजार , नबिल बैंकको १९ करोड २२ लाख ५३ हजार, अपर तामाकोशी हाइड्रोपावरको १३ करोड ४८ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

त्यस्तै नागरिक लगानी कोषको १२ करोड ४९ लाख ३४ हजार, एनआइसी एशिया बैंकको ११ कारोड २१ लाख ९३ हजार, ज्योती लाइफ इन्स्योरेन्सको ११ करोड १० लाख ५१ हजार र नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया