काठमाडौं - साताको अन्तिम दिन आज सेयर बजार उकालो लागेको छ । आज सेयर बजारमा दोहोरो वृद्धि देखिएको हो ।
अन्तिम कारोबारमा (नेप्से) परिसूचक १५.८० अंकले बढेर २६४८ को बिन्दुमा पुगेको छ । आज नेप्से ०.६० प्रतिशतले बढेको हो ।
आइतबार र सोमबार लगातार गिरावट आएको सेयर बजारमा मंगलबार थोरै सुधार आएको थियो । बुधबार बजारले पुनस् ओरालो यात्रा तय गरेको थियो । साताको अन्तिम दिन आज सेयर बजारमा उत्साह देखिएको हो ।
आज सेन्सेटिभ परिसूचक ३.२१ अंकले बढेर ४७६ को बिन्दुमा पुगेको छ । आज कूल २१४ वटा कम्पनीको एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ उपसमूहमध्ये ११ वटा समूहको सेयरमूल्य बढेको छ भने बाँकि २ समूहको सेयर घटेको छ । आज नेपाल कमर्स एण्ड क्रेडिट बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
त्यस्तै ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
अन्य ४ कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
प्रतिक्रिया