काठमाडौं - कारोबारको तेस्रो घण्टा नेप्से परिसूचक ८.९५ अंकले बढेर २ हजार ६४१.१५ विन्दुमा पुगेको छ ।
०.३४ प्रतिशतले बढेको बजारमा २०९ ओटा कम्पनीको रू. ४ अर्ब २ करोड २ लाख ८३ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको शेयरमूल्य ९.९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ६० करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३४६ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ८४८ रू. १६ करोड ६० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया