एरोनेटका कर्मचारीलाई ज्यान मार्ने धम्की

४ बर्ष अगाडि

इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेट प्रालिका कर्मचारीलाई ज्यान मार्ने धम्की आएको छ । 
केही समय अगाडि एरोनेटका कर्मचारीको कार्यक्षेत्रमा इलेक्ट्रीक शकका कारण दुर्घटना भएपछि कर्मचारीका आफन्तले कानून विपरित नाजायज माग राखि एरोनेटको भक्तपुर कार्यालयमा तालाबन्दी गरेर इन्टरनेट सेवा अवरुद्ध गर्दै ज्यान मार्ने धम्कि दिएका थिए । 

यसै विषयलाई लिएर इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले निन्दा गरेको छ । आईस्पानले एक विज्ञप्ति जारी गर्दै एरोनेटका कर्मचारीहरुलाई ज्यान मार्ने सम्मको धम्की दिएपछि उक्त कार्य प्रति निन्दा गरेको हो । 

दुर्घटना पश्चात  एरोनेटले कानुन बमोजिम क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको थियो । दुरसञ्चार ऐनलाई समेत चुनौति दिने यस किसिमको गैरकानुनि क्रियाकलाप तत्काल रोक्न र  कानुनि दायरामा ल्याउन प्रशासनसँग आईस्पानले आग्रह गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया