कारोबारको दोस्रो घण्टा : १.९१ अंकले घट्यो नेप्से, एनसीसी बैंकको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १.९१ अंकले घटेर २६३०.२९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.०७ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०६ ओटा कम्पनीको रू. २ अर्ब ८६ करोड ९६ लाख ११ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको शेयरमूय ९.९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५३ करोड २ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३४५ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया