पहिलो घण्टामा ओरालो लाग्यो नेप्से, १ अर्ब ६७ करोडको शेयर खरीदविक्री

५ बर्ष अगाडि

साताको कारोबार अन्तिम दिन बिहीवार नेप्से परिसूचक ओरालो लागेको छ । पहिलो घण्टामा नेप्से  १२ दशमलव २८ अंकले घटेर २ हजार ६१९  दशमलव ९२ विन्दुमा पुगेको छ ।

उक्त अवधिमा १९९ ओटा कम्पनीको  १ अर्ब ६७ करोड १२ लाख शेयर खरीदविक्री भएको छ ।

यस अबधिमा नेपाल क्रेटिड एण्ड कमर्स बैंकको शेयर मूल्य सर्वाधिक खरीदविक्री भएको छ । कम्पनीको १६ करोड ८७ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  

सिन्धु विकास बैंक र विशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया