काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षका नेताहरूलाई आफूले कारवाही नगरेको बताएका छन् । पार्टी भित्र रहेर अर्को पार्टी खोलेर पार्टी विधान भन्दा बाहिर गएर गलत गतिविधि गरेकोमा आफूले कारवाही होइन सम्झाइ बुझाइ गर्दै आएको बताएको हुन् ।
पार्टी कार्यालय सिलान्यासका क्रममा बोल्दै आफ्नो प्रयास अहिले पनि पार्टीलाई क्षति नहोस् भनेर सम्झाई–बुझाई गर्नेमा केन्द्रित रहेको बताएका छन् ।
तर, समूहगत रुपमा भने कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिएका छन् ।
शिलान्यास एवं नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस समारोहलाई बल्खुमा सम्बोधन गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने अब एमालेमा त्यो सम्भव नरहेको प्रष्ट पारे ।
ओलीले बुधवार माधव नेपालसँग छलफल गरेका थिए । दुई नेता बिच आज पनि वार्ता हुने बुझिएको छ ।
प्रतिक्रिया