प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्ड सेटिङ मोबाइल फोनको रूपमा देखिएको रियलमीले फाइभजी विकासका लागि पछिल्लो प्रतिबद्धता घोषणा गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए ।
सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रूपमा फाइभजीको अपग्रेड तथा विश्वमा अधिकतम् प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए ।
लीका अनुसार रियलमीले आफ्नो फाइभजी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रूपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्ड सेटिङ डिजाइन सहितका सुलभ फाइभजी उत्पादनहरूलाई ७० प्रतिशत ग्राहक वर्गमाझ पुर्याइसक्ने लक्ष्य लिएको छ ।
पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखि त्यसपश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभजी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ । धेरैभन्दा धेरै प्रयोगकर्ताहरू माझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभजी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ ।
यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखी विश्वभर सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।
विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूत गतिमा फाइभजी नेटवर्कको विस्तार गरिरहेको छ ।
पहिलो पटक २०१९ जनवरीमा फाइभजी नेटवर्क सहितको ‘एक्स ५० फाइभजी’ सार्वजनिक गरे लगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा फाइभजी सिरिजका स्मार्ट फोनहरू विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राज गर्न पनि सफल भएका छन् ।
सीईओ लीद्वारा गरिएको गरेको खुला घोषणा पत्र स् ‘चुनौतीदेखि उन्नति’का लागि फाइभजी अङ्गीकार
“महामारीको समयमा प्रविधिमार्फत हामीहरू एक अर्कासँग कुरा गर्न र सम्पर्कमा रहनका लागि फाइभजी प्रविधिको विकासले थप गति दिएको छ । विशेषगरी युवा पुस्ताहरूका लागि कुशल, निर्बाध र एक आपसमा जोडिरहने जीवनशैलीलाई फाइभजीले सहज बनाएको छ, जुन उनीहरूले गरिरहेको अपेक्षा नै हो ।
रियलमीे युवा पुस्तालाई नयाँ शैलीको प्रविधियुक्त उत्पादन प्रदान गर्न समर्पित भएर लागि परेको छ, रियलमी विश्वास गर्छ कि फाइभजी प्रयोगको तिव्रता ल्याउन यसले मद्दत गर्दछ र यसमा हामी गर्व गर्छौँ । अबको फाइभजी युगमा हामी यथास्थितिलाई चुनौती दिँदै नयाँ अन्वेषणको खोज जारी राखी भविष्यका लागि फाइभजी नेटवर्कको युग निर्माणमा हामी समर्पित भएर लागेका छौँ ।
फाइभजी स्मार्ट फोनको अङ्गीकार वृद्धि
चीनमा सर्वप्रथम जनवरी २०१९ मा रियलमी एक्स ५० सिरिजमा फाइभजी सार्वजनिक गरेयता विश्वमा रियलमीको बजार चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मूख्य कम्पनीका रूपमा रियलमीले फाइभजी विस्तारका लागि काम गरिरहेको छ, सबै मूल्यका सिरिजहरूमा फाइभजी नेटवर्क समावेश गरी नेतृत्वदायी कम्पनीका रूपमा रियलमी देखा परेको छ ।
विगत दुई वर्षमा फाइभजी नेटवर्कका क्षेत्रमा बलियो प्रतिस्पर्धीका रूपमा देखा परी बजार विस्तारमा रेकर्ड बनाउन हामी सफल भयौँ, यसरी विश्वभर फाइभजी विस्तार गरी लोकप्रिय बनाउन नेतृत्वदायी कम्पनी हामी बनेकोमा यसमा गौरवान्वित छौँ ।
आगामी दिनमा फाभइजी विस्तारका लागि लामो यात्रा बाँकी नै रहेको छ, यद्यपि, हामी यसमा महत्वपूर्ण सफलता हाँसिल गर्न निरन्तर लागि रहेका छौँ, ताकी विश्वमा नयाँ पुस्ताका धेरैभन्दा धेरै प्रयोगकर्ता माझ फाइभजी नेटवर्क पु¥याउन सकियोस् ।
आगामी दुई वर्षमा हामी आफ्ना ७० प्रतिशत प्रयोगकर्तामाझ फाइभजी नेटवर्क पुर्याउने लक्ष्यसहित अघि बढेका छौँ, विशेषगरी भारत तथा दक्षिण एसिया र युरोपको बजारमा फाइभजी उत्पादन पु¥याउने लक्ष्य हाम्रो रहेको छ । यी क्षेत्रमा फाइभजी उत्पादनको बजार स्थापित गरिसकेपछि हामी विश्वभरका अन्य हाम्रा ६० वटा बजारमा फाइभजी विस्तार गर्ने योजना बनाएका छौँ ।
यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखि विश्वभर मुख्य सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी १० देखि १५ वटा बजारमा २०२१सम्म फाइभजीको नमूना परीक्षण योजना अघि सारेको छ । यसका लागि कम्पनीले ९० प्रतिशत खोज तथा अनुसन्धान स्रोत साधनसहित थप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ ।
हामीलाई थाहा छ कि वृहत् फाइभजी ईकोसिस्टम बनाउनु भनेको प्रविधिका लागि थप महत्वपूर्ण उपलब्धिहो । यसकारण रियलमी केबल आफ्ना उत्पादनमा फाइभजी विस्तारित गर्न मात्र नभएर फाइभजी नेटवर्कका लागि आवश्यक संरचना निर्माणमा पनि हामी त्यति नै महत्वका साथ लागिरहेका छौँ ।
यसका लागि उद्योग, टेलिकम अपरेटर, इन्टरनेट प्रदायक र एप निर्माणकर्तासँग सहकार्य गरी नयाँ अन्वेषणसहित प्रयोगकर्ता माझ उच्चस्तरीय नयाँ अनुभूति प्रदान गर्नका लागि पनि त्यति नै प्राथमिकताका साथ लागिरहेका छौँ ।
रियलमीका फाइभजी उत्पादनले नयाँ पुस्ता सशक्तिकरण
डिजिटल समाजमार्फत नयाँ साथी बनाउन, विषय वस्तु शेयर गर्ने लगायतका प्रविधि युगपुस्ता ९जेनेरेसनजेड् ०को सङ्ख्या बढ्दो छ । यसैलाई मध्यनजर गरी युवापुस्तालाई विशेष प्राथमिकतामा राखेर रियलमीले उनीहरूको एक आपसमा प्रविधिमार्फत जोडिएको जीवनशैलीलाई अझ स्मृतिजन्य बनाउन स्मार्टफोन र एआईओटी उत्पादनलाई उच्चस्तरीय बनाउन कुनै सम्झौता गरेको छैन ।
रियलमीले अनलाइनको माध्यमबाट विश्व समुदायलाई फाइभजीमार्फत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ, युवापुस्ताको गुनासो सम्बोधनका लागि हाम्रो नेतृत्वले विश्वविद्यालयका विद्यार्थीसँग उनीहरूको राय पनि लिने गरेको छ । कम्पनीले त्यसलाई प्राथमिकताका साथ सुनेर सम्बोधन गर्दै आएको छ ।
धेरै भन्दा धेरै प्रयोगकर्ताहरूमाझ उच्च गति एवं कम विलम्वताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभजी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ । रियलमीले उनीहरूले चाहेअनुसारको प्रविधिको जीवनशैली अनुभूति गर्न पाउनेगरी विभिन्न गेम, लाइभ ब्रोडकास्टिङ र भिडियो स्ट्रिमिङका साथ एपका परिदृश्यहरु राखेको छ ।
फाइभजीमार्फत उत्पादनको डिजाइन र प्रर्फमेन्समा छलाङ्
फोरजीबाट फाइभजी युगमा प्रवेश आवश्यक ठहरिसकेको थियो तर यसका लागि उत्पादनको डिजाइन, निर्माण, नेटवर्क अनुभूति, प्रदर्शन, ऊर्जा खपत, अनुकूलता आदिको समायोजन पनि आवश्यक थियो ।
यी अनुकूलतालाई केन्द्रमा राखेर हामीले फाइभजी सेवा प्रदानका लागि नवीन, अत्याधुनिक प्रविधि, असाधारण प्रदर्शन, ट्रेन्डसेटिङ डिजाइन आदिलाई हामीले विशेष मध्येनजर गरिएको कम्पनीको दावी छ ।
संस्करणात्मका सुधारका साथ पछिल्लो फाइभजी प्रोसेसर अनुकूल एन्टेना डिजाइन र सूचना प्रसारण मोड्युल र सफ्टवेयर सिस्टममा व्यापक विकासका साथ विभिन्न सिरिजमा रियलमीले तीव्र, स्थिर नेटवर्क अनुभूतिका साथ बजारमा आफ्नो उपस्थिति जनाएको छ । न्यूनतम ब्याट्री खपत, शक्तिशाली प्रदर्शनका साथ रियमली विभिन्न फरक ब्यान्ड् फ्रिक्वेन्सीका साथ विश्वभर उपलब्ध छ ।
आउँदा दिनमा रियलमी ड्राइभ र सुविधालाई निरन्तरता दिँदै फाइभजी ग्रहण गरी कुशलता र प्रविधिमार्फत जोडिएको समाजमा विश्वभरी प्रयोगकर्ताहरूको प्रविधियुक्त जीवन उत्साहपूर्ण र उज्जवल बनाउन नयाँ सम्भावनाका साथ उपस्थित हुने कम्पनीले भनाइ छ ।
प्रतिक्रिया