प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे योगेश भट्टराई, विगतका कुरा भुलेर उदार गर्न आग्रह

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेका छन् । 

प्रधानमन्त्रीलाई भेटेर नेता भट्टराईले विगतका तीतामीठा कुरा भुलेर उदार मनका साथ सबै नेताहरूलाई समेट्न आग्रह गरेका हुन् । 

एमालेलाई फुट्नबाट जोगाउन पार्टी अध्यक्ष र संसदीय दलको नेताको भूमिका नै महत्वपूर्ण हुने भएकाले ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग छलफल र संवाद गर्नुपर्ने भट्टराईको भनाई छ । 

यदि नेकपा एमालेको विभाजन भई हाल्यो भने नेपाली जनता निराश हुने र नेपालको कम्युनिष्ट आन्दोलन तहसनहस हुने उनको भनाई छ । 

उने भने ‘दुवै पक्षबाट हुने नहुने काम भएकै हुन्, तर आज तपाईं पार्टी अध्यक्ष र दलको नेताको जिम्मेवारीमा हुनुहुन्छ, त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस् भनेको छु’ उनले थपे, ‘उहाँले सबैलाई पार्टीमा स्वागत छ । आउनुस् मिलेर काम गरौं भन्नुभयो ।’


 

४ बर्ष अगाडि

प्रतिक्रिया