दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

बुधवार दुई कम्पनीको शेयर नेप्से मा सूचीकृत भएका छन् ।  

नारायणी डेभलपमेण्ट बैंकको हकप्रद शेयर  र छ्याङदी हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

नारायणी डेभलपमेण्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ भने छ्याङदी हाइड्रोपावरको १ लाख ४१ हजार ७५० कित्ता बोनस शेयर सूचीकृत  भएको छ ।

ती दुबै कम्पनीको शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया