काठमाडौं - कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २९.३३ अंकले घटेर २ हजार ६३५.२८ विन्दुमा पुगेको छ । १.१० प्रतिशतले घटेको बजारमा २१४ ओटा कम्पनीको रू. ३ अर्ब ७९ करोड ५ लाख ९६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको तेस्रो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ६५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १६६ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा मञ्जुश्री फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ५२८ मा रू. १५ करोड १६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया