कारोबारको दोस्रो घण्टा : ओरालो लागेको नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १४.५९ अंकले घटेर २६५०.०२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.५५ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०९ ओटा कम्पनीको रू. २ अर्ब २७ करोड ५ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूयको सर्वाधिक ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १६६ मा कारोबार भइरहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया