कारोबारको पहिलो घण्टा : ०.२३ प्रतिशतले घटेर २६५८.८ विन्दुमा पुग्यो नेप्से परिसूचक, मञ्जुश्रीको सर्वाधिक कारोबार

५ बर्ष अगाडि

काठमाडौं - बुधवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ६.२३ अंकले घटेर २ हजार ६५८.३८ विन्दुमा पुगेको छ ।   

२ हजार ६७४.८२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२३ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९८ ओटा कम्पनीको १४ हजार ५४५ पटकको कारोबारमा २६ लाख ८७ हजार ३०२ कित्ता शेयरको रू. १ अर्ब १३ करोड ४० लाख ५३ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूयको सर्वाधिक ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । 

यस अवधिसम्म मञ्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५३९ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया