रुवि भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, के छ प्रस्ताव ?

४ बर्ष अगाडि

काठमाडौं - रुवि भ्याली हाइड्रोपावरले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो  चौथो वार्षिक साधारण सभा बैशाख २१ गते ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, सुकेधारामा बोलाएको हो । 

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, साथै लेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सानको हिसाब र नगद प्रवाह लगायतका प्रस्तावहरू माथि छलफल गरि पारित गरिने कम्पनीले जनाएको छ । 

साथै संचालक समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने पनि कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया