एमालेका ‘निलम्बित’ नेता नेपालसहित अन्य नेताहरूले आज स्पष्टीकरण बुझाउने, पार्टी एकताकै निम्ति संघर्ष गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेकपा (एमाले)का ‘निलम्बित’ नेता माधवकुमार नेपालसहितका नेताहरूले आज स्पष्टीकरण बुझाउने भएका छन् ।

स्पष्टीकरण पत्र काटेपछि मंगलबार नै खनाल–नेपाल समूहका सांसद, केन्द्रीय नेताहरू बसेर स्पष्टीकरण बुझाउने र अन्तिमसम्म पार्टी एकताकै निम्ति संघर्ष गर्ने निचोड निकालेका थिए ।

सोहि अनुरुप नेता नेपालनिकट नेताहरुले आजै स्पष्टीकरण पत्र बुझाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । पार्टी केन्द्रीय कमिटीको निर्णयअनुरूप नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई दुई दिनभित्र पुनः स्पष्टीकरण पेश गर्न समयसीमा दिइएको थियो ।

नेता नेपाललाई पार्टी अनुशासन विपरीत कर्णालीमा फ्लोर क्रस गर्न दुरुत्साहित गरिएको, सांसदहरू भड्काएको आरोप लगाइएको छ । 

नेता नेपालसहित संघका २७ र प्रदेशका पाँचजना सांसदहरूलाई स्पष्टीकरण पत्र थमाइएको थियो । सांसदहरूलाई तीन दिनको समय दिइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया