काठमाडौं - कारोबारको दोस्रो दिन सोमवार पहिलो घण्टामा नेप्से परिसूचक १५.०९ अंकले घटेर २ हजार ६८४.४२ विन्दुमा पुगेको छ । २ हजार ७१६.२४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०।५६ प्रतिशतले घटेको हो ।
पहिलो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको १८ हजार ४५७ पटकको कारोबारमा २७ लाख ४६ हजार ३०४ कित्ता शेयरको रू। १ अर्ब ६४ करोड ६२ लाख ८७ हजार बराबरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूय रू. ६८३ कायम भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ ।
यस अवधिसम्म नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ३ हजार ९८५ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया