काठमाडौं - आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १८.५९ अंकले घटेर २ हजार ७१६.८० विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.६८ प्रतिशतले घटेको हो ।
तेस्रो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको रू. ६ अर्ब ४३ करोड ५८ लाख ५२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारको तेस्रो घण्टामा मिथिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोवारको शेयरमूल्य सर्वाधिक ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ७८ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८२० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ९३६ मा रू. ४६ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया