अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले सोमवारदेखि ५० प्रतिशतहकप्रद शेयर विक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिशेयर रू.१०० अंकित दरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागेको हो । हाल कायम चुक्तापूँजी रू। १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर विक्री गर्न लागेको हो ।
यो हकप्रद शेयर खरीदका लागि वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको यो हकप्रद शेयरलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबर बि प्लस रेटिङ्ग प्रदान गरेको छ ।
यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ । उक्त हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रतिक्रिया