काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ०.७३ अंकले घटेर २ हजार ७३४.६६ विन्दुमा पुगेको छ ।
२ हजार ७५९.९० विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.० ३ प्रतिशतले घटेको हो ।
पहिलो घण्टाको अवधिमा २०० ओटा कम्पनीको २८ हजार २८२ पटकको कारोबारमा ५६ लाख ९४ हजार ७९३ कित्ता शेयरको रू. २ अर्ब ६६ करोड ९६ लाख ७७ हजार बराबरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९१ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूय रू. ६२१ कायम भएको छ ।
प्रतिक्रिया