४ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत भएको छ । सिभिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको  सेयर सूचिकृत भएको हो । 

सिभिल बैंक लिमिटेडको ६४ लाख २ हजार ७ सय ११.७४ कित्ता बोनस सेयर सुचिकृत भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र सुचिकृत भएको छ । 

मञ्जुश्री फाइनान्स लिमिटेडको ‘९.५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २ सय ४१.६६ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया