सर्वदलीय बैठकका लागि ओलीद्वारा प्रचण्डलाई फोन मार्फत निम्तो

४ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् । 

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल बोलाइएको सर्वदलीय बैठकका लागि ओलीले दाहाललाई आफैँले फोन गरेर निम्तो दिएका हुन् ।  
बोलाएका छन् । 

शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरलाई जानकारी दिएका छन् । 

यसअघि ललितपुरको एक कार्यक्रममा प्रचण्डले आफूलाई ओलीले फोन गरेको जानकारी गराएका थिए । प्रतिनिधि सभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो । ओलीले बोलाएको बैठकमा संसद्को हिउँदे अधिवेशन, कोरोना संकट लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया