रुरु जलविद्युतको आईपिओमा लक्की नम्बर ७ र ८, ९२ हजार आवेदन रद्द

५ बर्ष अगाडि

काठमाडौं - रुरु जलविद्युत् परियोजना लिमिटेडले जारी गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ । आईपिओ बाँडफाँडको काम सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय नक्सालमा  सम्पन्न भएको हो ।

गोलाप्रथाबाट बाँडफाँड हुँदा आईपीओको लक्की नम्बर ७ र ८ रहेको छ । साथै  आइपीओमा आवेदन गरेका ९२ हजार २२५ वटा आवेदक रद्द भएको छ । जुन कुल आवेदकको ५.४८ प्रतिशत हो ।

कम्पनीको आईपीओमा कुल १६ लाख ८३ हजार १२१ आवेदन परेकोमा १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदन सदर भएको छ । 

आईपीओमा कुल २ करोड ३५ लाख ४६ हजार ४४० कित्ताका लागि माग परेकोमा १६ लाख ६९ हजार ८३० कित्ता रद्ध भई २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको आवेदन मात्र सदर भएको छ ।

 रद्द भएका ९२ हजार २२५ वटा आवेदन मध्ये बैंक तथा वित्तीय संस्थाको आश्वा मार्फत परेको ८३ हजार ६९० वटा, सस्पेक्टेड एप्लीकेशन २४ हजार १०८ वटा र ८ हजार ५३५ वटा आवेदन डिस्क्वालिफाइड भएको क्यापिटलले जनाएको छ ।

रित पूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ आवेदनबाट परेको २ करोड १८ लाख ७६ हजार ६१० कित्ताको लागि आवेदन सदर भएको थियो भने ९२ हजार २२५ वटा आवेदन मार्फत परेको १६ लाख ६९ हजार ८३० कित्ताको माग विभिन्न कारणले रद्ध भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया