रुरु जलविद्युतको आईपीओ नतिजा ३ बजेपछि मात्र हेर्न मिल्ने, कसरि हेर्ने ?

५ बर्ष अगाडि

काठमाडौं - रुरु जलविद्युत परियोजनाको आईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने भएको हो ।

हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोडपछि हेर्न सकिने भएको हो ।

कम्पनीको शेयर ३७ हजार ९१६ जनाले मात्रै पाएकाले आईपीओ नतिजा छिटै हेर्न सकिने भएपनि मेरो शेयरमा पर्नसक्ने चापका कारण इडिआइएस गर्न समस्या हुने हुँदा ३ बजेपछि मात्र नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ ।

शुक्रबार नेप्सेमा विदा भएपनि (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै ३ बजेपछि मात्र नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जनाइएको छ ।

कसरि हेर्ने नतिजा ?
कम्पनीको आइपिओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको   www.iporesult.cdsc.com.np  नामक वेभसाइटबाट  हेर्न सकिनेछ । 

यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि  नजिता हेर्न सकिनेछ ।

यसअघि आर्थिक सञ्चार माध्यमहरूले पनि नतिजा प्रकाशन गर्दै आइरहेकामा हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन  गर्न नपाउने नियम बनाएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया