रू रू जलविद्युतको आईपीओ आज बाँडफाँट, ६१.६५ गुणा बढी आवेदन

५ बर्ष अगाडि

काठमाडौं - रुरू जलविद्युत् आयोजनाको आईपीओ (आज) शुक्रवार बाँडफाँट हुने भएको छ ।  विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आज बिहान ८ बजे आईपीओ बाँडफाँट हुने भएको हो । 

रु रु ले चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओमा १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन परेको छ । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो  । 
 
अन्तिम तथ्यांकलाई हेर्दा ग्रोलाप्रथाबाट वितरण गर्दा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी ९८ प्रतिशत भन्दा धेरै आवेदकको हात खाली हुनेछ । 
कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया