नयाँ बर्षको पहिलो दिन सेयर बजारमा उछाल, ८ अर्ब ६३ करोडभन्दा बढीको कारोबार !

५ बर्ष अगाडि

बिहीबार सेयर बजार २०.६७ अंकले बढेको छ । नेप्सेले २७ सय बिन्दु पार गरेको हो । २७३५.४६ अंकले बढेको बजारमा ८ अर्ब ६३ करोड बढीको सेयर कारोबार भएको छ । 

ट्रेडिङ र जलविद्युत बाहेक सबै समूहमा उछाल आएको छ । आज बेस्ट फाइनान्स कम्पनीको सेयरले सबैभन्दा बढी कमाएको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो । दोस्रो बढी कमाउनेमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था रहेको छ । यसको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको हो । 

यता कारोबार रकमका आधारमा सबैभन्दा बढी सेयर कारोबार हुनेमा पनि एनआइसी एसिया लघुवित्त वित्तिय संस्था रहेको छ । यसको ४९ करोड ८९ लाख ६३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । 

५ बर्ष अगाडि

प्रतिक्रिया