नेकपा एमालेका सांसद झपड रावलको घरमा ढुंगा प्रहार भएको छ। आज (बिहीबार )प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा रावलले आफू बस्ने घरमा गएराति ढुंगा प्रहार भएको बताएका हुन् ।
मध्य राती १२ बजे ढुंगा प्रहार भएको भन्दै रावलले भने 'राती १२ बजेढोकामा ढुंगा हानियो। हामी उठ्यौं। घरबेटीहरुसँग कुरा गर्यौं। ५–१० मिनेटमा फेरि ढुंगा हानियो,' रावलले भने।
गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो ।
बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए । हुलदंगा गर्नेहरुलाई छलफलमा बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपीले बताए ।
‘दुवै पक्षलाई बोलाएर छलफल गराउँदै छौं’ डिएसपीले भने– ‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन् ।’ ढुंगा प्रहारबाट घरमा क्षति पुगेको छैन् । विवाद भएको खबर आउनासाथ तत्काल प्रहरी पुगेको डिएसपी बस्नेतले बताए ।
प्रतिक्रिया