कारोबारको दोस्रो घण्टा : ३४ अंकले बढ्यो नेप्से परिसूचक, ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत बढी वृद्धि

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३४ अंकले बढेर २ हजार ७४८.७९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १.२५ प्रतिशतले बढेको हो ।  

कारोबारको दोस्रो घण्टामा बेष्ट फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त, महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेण्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस अवधिसम्म एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। ४७ करोड १२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ८६८ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया