विसं २०७८ सालको पहिलो तथा साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सेन्ज नेप्से बढेको छ । कारोबारको पहिलो घण्टामा परिसूचक २७ दशमलव ९७ अंकले बढेर २ हजार ७४२ दशमलव ७६ विन्दुमा पुगेको हो ।
कारोबारको पहिलो घण्टामा आइपुग्दा नेप्से १ दशमलव शून्य ३ प्रतिशतले बढेको हो ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्ड समूहको परिसूचक भने घटेको छ ।
यो अवधिमा १९९ ओटा कम्पनीको २४ हजार ७७५ पटकको कारोबारमा ४० लाख ७ हजार ४१ कित्ता शेयरको २ अर्ब १४ करोड ५७ लाख ७६ हजार रुपैयाँ बराबरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा एनआईसी एशिया लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेण्ट बैंक, छ्याङ्दी हाइड्रोपावर र कर्णाली डेभलपमेण्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म एनआईसी एशिया लघुवित्तको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ८६८ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया