काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस शेयर र साधारण सभाको बुकक्लोजसँगै नेप्सेमा कम्पनीको शेयरमूल्य समायोजन गरिएको हो ।
नेप्सेले कम्पनीले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता १ हजार १७५ रुपैयाँ निर्धारण गरेको छ ।
बिहीबार इन्स्योरेन्सको समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुल्नेछ । नेप्सेले मंगलबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार २५७ रुपैयाँका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
प्रतिक्रिया