श्रोत नखुलेको ८ लाख सहित एक जना पक्राउ

५ बर्ष अगाडि

काठमाडौं - श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साईकलमा सवार कलवारलाई मंगलबार दिउँसो महानगरपालिका–६० स्थित सडकबाट जाँच गर्ने क्रममा उक्त रकम सहित पक्राउ गरिएको हो ।

कलवारमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरितको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया