शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

५ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।

बैंकको पुस २९ गते सम्पन्न साधारण सभाबाट ३९ करोड २१ लाख २४ हजार १६६ रुपैयाँ बराबरको ३९ लाख २१ हजार २४१.६६ कित्ता शेयर सूचीकृत भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया