काठमाडौं - कोरोना भाइरसको दोश्रो लहरका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको तुलनामा करिब ७४.८ प्रतिशतले घटेको हो ।
वैदेशिक रोजगारीमा जाने कामदार घटे पनि नेपाल आउने रेमिट्यान्स प्रवाह भने बढिरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । अघिल्लो आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्धि भएको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
८ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको बैंकले बताएको छ । गत आर्थिक वर्ष यही अवधिमा ५ खर्ब ९१ अर्ब रुपैयाँ रेमिट्यान्स मार्फत नेपाल आएको थियो ।
प्रतिक्रिया