मञ्जुश्री फाइनान्स र इन्भेष्टमेण्ट बैंकको ऋणपत्र नेप्सेमा  सूचीकृत

५ बर्ष अगाडि

नेपाल इन्भेष्टमेण्ट बैंक र मञ्जुश्री फाइनान्सको ऋणपत्र मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।  मञ्जुश्री फाइनान्स लिमिटेडको ५ लाख कित्ता र नेपाल इन्भेष्टमेण्ट बैंकको ४० लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो । 

नेपाल इन्भेष्टमेण्ट बैंकले ८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंक वण्ड २०८४ नामक ऋणपत्र सूचीकृत गराएको छ । 

मञ्जुश्री फाइनान्सले ९ दशमलव ५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५ नामक डिबेञ्चर सूचीकृत गराएको हो । 

यी दुबै कम्पनीको ऋणपत्र हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया