नेपालमा हुने त्रिदेशीय टी २० क्रिकेटको  खेल समय परिवर्तन !

४ बर्ष अगाडि

त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको खेलको समय परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्राविधिक कारणले गर्दा  खेलको तालिका परिवर्तन भएको हो ।  

क्यानका अनुसार नेपालले खेल्ने खेलको समय परिवर्तन गरिएको हो । यसअघि नेपालले खेल्ने खेलको समय दिउँसो २:१५ देखि हुने भनिएता पनि खेल समय १ः१५ बजे सारिएको छ । 

नेपाल मलेसिया र नेदरल्याण्ड्स सम्मिलित प्रतियोगिता बैशाख ४ गते बाट सुरु भएर बैशाख ११ गते फाइनल खेल हुने छ ।

 प्रतियोगिताका लागि नेदरल्याण्ड्स टिम आज काठमाडौं पुगेको छ भने मलेसियापनि आजै काठमाडौं आइपुग्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया