लगातार उकालो लाग्यो नेप्से, नबिल बैंकको सर्वाधिक कारोबार !

५ बर्ष अगाडि

मंगलवार कारोबारको दोस्रो घण्टामा आइपुग्दा नेपाल स्टक एक्सेन्ज (नेप्से) लगातार उकालो लागेको छ । 
१ बजे सम्म परिसूचक ७ दशमलव ३५ अंकले बढेर २ हजार ६९८ दशमलव ९१ विन्दुमा पुगेको छ । दोस्रो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको रू २ अर्ब ७८ करोड २९ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, वित्त, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ८५ लाख रुपैया बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य १ हजार ३५७ मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया