२०७७ सालको कारोबारको अन्तिम दिन मंगलवार नेप्से परिसूचक उकालो लागेको छ । कारोबारको पहिलो घण्टामा नेप्से ५ दशमलव २५ अंकले बढेर २ हजार ६९६ दशमलव ८१ विन्दुमा पुगेको हो ।
कारोबारको पहिलो घण्टामा शून्य दशमलव २० प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा १९८ ओटा कम्पनीको १६ हजार ४७९ पटकको कारोबारमा २५ लाख ६९ हजार २२१ कित्ता शेयरको रू.१ अर्ब ३४ करोड ५ लाख ७ हजार बराबरको खरीदविक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये अन्य समूहको परिसूचक स्थिर रहेको छ । व्यापार, होटल्स तथा पर्यटन, वित्त, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू.४२ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६१ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया