काठमाडौं– सवारी चालकसँग चेकजाँचका क्रममा प्रहरीले कागजपत्र माग्दा चालकले दिने वा देखाउने भनेको लाइसेन्स वा विलबुक हो । तर, बुधबार प्रहरीले एक सवारी चालकको कागजपत्र माग्दा हजारको नोट झिके ।
काठमाडौ महानगरपालिका वडा नंम्बर १० बुद्धनगर यु.एन.पार्क नजिक करीडोर सडक खण्डमा बानेश्वरबाट खटीएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा बा २ ख ८१२९ नंम्बरको निशान गाडीका चालकले कागजातको साटो प्रहरीलाई रु एक हजार घुस दिन खोजेका थिए ।
यसरी घुस दिन खोज्ने सिन्धुपाल्चोक मेलम्ची न.पा.वडा नं.९ घर भई काँडाघारी बस्ने बा २ ख ८१२९ नं.को गाडीका चालक २१ वर्षका जितबहादुर तामाङ र सिन्धुपाल्चोक मेलम्ची घर भइ काडाघारी नै बस्ने सहचालक सुजन घलेलाई पक्राउ गरेको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको काठमाडौ प्रहरी परिसरका डिएसपी होमिन्द्र वोगटीले बताए ।
प्रतिक्रिया